टिकटकमाथिको प्रतिबन्ध हट्यो
काठमाडाैं | भदौ २१, २०८१
काठमाडौं: सरकारले सामाजिक सञ्जाल टिकटकको प्रयोगरपहुँचमा लगाएको प्रतिबन्ध हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले आज सूचना जारी गरी सबै इन्टरनेट र मोबाइल सेवा प्रदायकलाई उक्त प्रतिबन्ध हटाउन निर्देशन दिइएको जनाएको छ ।
प्राधिकरणको निर्देशनसँगै प्रयोगकर्ताका मोबाइलमा टिकटक सञ्चालन हुन थालेका छन् । सरकारले यही भदौ ६ गते सामाजिक सञ्जालका रुपमा प्रयोग भइरहेको टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको थियो ।
सरकारले सामाजिक सद्भाव एवं सामाजिक वातावरणमा थप नकारात्मक असर नपुगोस् भन्ने हेतुले थप व्यवस्थित र मर्यादित तुल्याउने गत कात्तिक २७ गतेदेखि नेपालभित्र टिकटकको प्रयोगमा रोक लगाएको थियो ।
म्याग्दी: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पदबाट राजीनामा दिएका महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्। मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्। ...
काठमाडौं: शिक्षामन्त्री महवीर पुनले राजीनामा दिएका छन् । सोमबार उनले आफ्नो पदबाट राजीनामा दिएको अर्थमन्त्री रामेश्वर खनालले जानकारी दिए । प्रधानमन्त्रीको सचिवालयले पनि शिक्षामन्त्रीले राजीनामा दि...
पोखरा: फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी तय गरेका कास्कीमा क्रियाशील राजनीतिक दलहरू आज हुने प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन दर्ताका लागि तयारी गरेका छन् । तीनवटा निर्वा...

